What we've for you

Discover the Innovations Tailored for You

Unleash your potential with products built for performance and reliability, more than 450+ Customers.

Jeevan Bandhu

Your lifelong partner in protection and peace of mind.Jeevan Bandhu secures what matters most — you and your loved ones.

Bal Umanga

Bal Umanga is designed to protect your child’s future from today’s uncertainties. This plan offers financial security and growth, helping nurture their dreams with confidence and care.

Group Endowment Life Assurance

संगठित संस्थाहरुले आफ्ना कर्मचारीहरुको समूहगत रुपमा जीवन बीमा गराउन सक्दछन् । यसरी सबै स्थायी कर्मचारीहरुको सामूहिक जीवन बीमा संस्थाले गरिदिँदा कर्मचारीहरु संस्थाप्रति बढी प्रतिबद्ध हुन गई कार्य क्षमतामा सकारात्मक प्रभाव पर्न जाने हुँदा संस्थाको उत्पादकत्वमा समेत वृद्धि हुन जान्छ ।यसबाट संघ- संस्था वा उद्योगपति श्रमिक वा कर्मचारीहरु बीच सुमधुर सम्बन्ध कायम हुन गई संस्था प्रतिको विश्वास वृद्धि हुने र काम गर्ने वातावरण निर्माण हुन्छ। त्यसैले देशका ठूलाठूला संघ संस्थाहरुदेखि लिएर सानासाना कार्यालयहरुले समेत आफ्ना कर्मचारीहरुलाई सामूहिक सावधिक जीवन बीमा सुविधा उपलब्ध गराएका छन् । यस बीमा योजनामा बीमितका लागि लाग्ने बीमा शुल्कमा बीमा अवधिभर ५ प्रतिशत छुटको व्यवस्था गरिएको छ । व्यक्तिगत सावधिक जीवन बीमामा २ वर्षको बीमाशुल्क नतिरी समर्पण मूल्य प्राप्त हुदैँन तर सामूहिक जीवन बीमामा १ वर्षको बीमाशुल्क तिर्नासाथ समर्पण मूल्य उपलब्ध गराईन्छ।

Endowment Life Assurance

सावधिक जीवन बीमा नेपालको सन्दर्भमा अत्यन्त लोकप्रिय जीवन बीमा योजना हो ।यसका मूलभूत विशेषताहरु निम्नानुसार छन्÷

  • यो योजनामा प्रवेश गर्ने न्युनतम उमेरः १७ वर्ष ।
  • यो योजनामा समावेश हुने अन्तिम उमेरः ६० वर्ष ।
  • कम्तिमा ५ वर्षको अवधि राखेर बीमा गर्न सकिने ।
  • बढीमा आफ्नो उमेर ६५ वर्ष पुग्न जति वर्ष बाँकी छ त्यति नै अवधि बराबरको बीमा गर्न सकिने ।
  • बीमा गर्ने रकम (बीमांक) मा कुनै हदबन्दी नभएको । आफ्नो आयस्ता अनुसार अनुकुल हुने गरी जति रकमको पनि बीमा गर्न सकिने ।
  • इच्छाएको व्यक्तिमा एक वा एकभन्दा बढी व्यक्ति पनि इच्छाउन पाइने ।
  • बीमा लागू भएको दुई वर्षपछि समर्पण मूल्यको ९० प्रतिशतसम्म रकम बीमालेख धितो राखी कर्जा सुविधाको उपभोग गर्न पाइने ।
  • बीमालेख चालु रहुन्जेल यो सुविधा उपभोग गर्न पटक पटक पाइने ।
  • बीमा अवधि भूक्तान भएपछि बीमितले बीमांक रकम र आर्जित बोनस रकम एकमुष्ट रुपमा भुक्तानी पाउने ।
  • बीमालेख चालु छँदै बीमितको मृत्यु भएमा बीमितले इच्छाएको व्यक्तिले बीमांक र आर्जित बोनस रकम एकमुष्ट प्राप्त गर्नेछ ।
  • यस योजनामा थोरै थप बीमाशुल्क तिरेर दोहोरो दुर्घटना लाभ (Double Accidental Benefit) को फाइदा लिन सकिन्छ ।
  • यस योजनामा सबै अवधिका लागि वार्षिक बोनस दर प्रति हजार रु.६५।÷ प्रदान गरिँदै आएको छ ।
Children’s Marriage and Education Endowment Life Assurance

अभिभावक वा संरक्षकले आफ्नो बालबच्चाको विवाह वा शिक्षाको निमित्त तोकिएको अवधिमा एकमुष्ट रकम पाउने गरी गरिने बीमालाई बाल-बच्चाको विवाह तथा शिक्षा सावधिक जीवन बीमा भनिन्छ । यो बीमा अभिभावक वा संरक्षकले जुन बालबालिकाको हितमा बचत गर्न खोजेको हो सो बालबालिका इच्छाइएको व्यक्तिमा लेखाई आफ्नो जीवन बीमा गराउनु पर्दछ र अन्य जीवन बीमा योजनाको जस्तै तोकिएको समय समयमा बीमाशुल्क तिर्दै जानु पर्दछ । निर्धारित अवधि अगावै बीमितको मृत्यु भएमा बीमाशुल्क तिर्नुपर्दैन । तर बीमालेखमा लेखिएको बीमांक र बोनसको भुक्तानी निर्धारित गरिएको अवधि समाप्त भएपछि मात्र गरिन्छ।यदि जुन बच्चाको नाममा बीमा गरिएको छ उसको बीमा समाप्त हुनु अगावै मृत्यु भएमा उसको नाममा रहेको बीमा अर्को बालबच्चाको नाममा नामसारी गर्ने वा समर्पण मूल्य लिने वा बीमा संचालन गरिरहने हक अभिभावक वा संरक्षकमा हुन्छ । यस बीमा योजनामा तुलनात्मक रुपमा सावधिक जीवन बीमामा भन्दा कम बीमाशुल्क लाग्छ । यस योजनामा पनि सबै अवधिका लागि वार्षिक बोनस दर प्रतिहजार रु.६५।÷प्रदान गरिदैँ आएको छ ।

Jeevan Surakshya

जीवन सुरक्षाका मूलभूत विशेषताहरुः

  • न्यूनतम प्रवेश उमेर ११ र अधिकतम प्रवेश उमेर ६५ वर्ष तथा जीवन बीमाको न्यूनतम अवधि ५ वर्ष र अधिकतम अवधि ५९ वर्षसम्मको हुनेछ भने अधिकतम अवधि भुक्तानी उमेर ७० वर्ष हुनेछ ।
  • न्यूनतम बीमांक रु.१,००,०००।÷(अक्षेरुपि रु. एक लाख) तथा आयश्रोत र स्वास्थ्य परीक्षणको आधारमा अधिकतम बीमांक रकम कायम गर्न सकिनेछ।
  • दोहोरो दुर्घटना लाभ(ADB) पूरक करारका रुपमा रहनेछ ।दोहोरो दुर्घटना लाभ (ADB) अधिकतम रु.५०,००,०००।÷सम्म लिन सकिनेछ ।
  • बीमांक रु.२,००,०००।÷ सम्मको बीमा गर्दा बीमाशुल्कमा कुनै छुट नभएको, बीमांक रु.२,००,००१।÷देखि ५,००,०००।÷ सम्मको बीमा गर्दा बीमाशुल्कमा रु.१।÷ प्रतिहजार तथा बीमांक रु.५,००,००१।÷ भन्दा बढीको बीमा गर्दा बीमाशुल्कमा रु.२।÷ प्रतिहजार छुट व्यवस्था कायम गरिएको छ ।
  • वार्षिक र अर्धवार्षिक रुपमा बीमाशुल्क भुक्तानी गर्न सकिनेछ । यस्तो बीमाशुल्क भुक्तानीमा विशेष छुटसमेत कायम गरिएको छ, जसअन्तर्गत वार्षिक भुक्तानीमा २ प्रतिशत र अर्धवार्षिकमा १ प्रतिशत छुट हुनेछ ।
  • १६ वर्षभन्दा मुनिको बीमितको प्रस्तावक निजको बाबु/आमा हुनुपर्नेछ । यस अवधिमा बीमाशुल्क भुक्तानी गर्ने दायित्व प्रस्तावकको हुनेछ ।
  • बीमालेख प्रारम्भ भएको ३ वर्षपछि बीमितले चाहेमा समर्पण मूल्यको ९० प्रतिशतसम्म रकम बीमालेख धितोराखी कर्जा लिन सक्नेछ । कर्जाको व्याजदर संस्थानको प्रचलन अनुसार कायम हुनेछ ।
  • बीमालेख संस्थानबाट प्रारम्भ भएपछि हुने पहिलो बीमांकीय मूल्यांकनबाट निश्चित भएबमोजिमको बोनस प्रदान गरिनेछ । तर जोखिम ग्रहण भैसकेपछि पहिलो बीमांकीय मूल्यांकन हुनुभन्दा अगावै बीमितको मृत्यु भएको अवस्थामा मात्र संस्थानको प्रचलित बोनस प्रतिहजार रु.६५।÷ को दरले विशेष बोनस प्रदान गरिनेछ ।
Joint Life Plan ‘Jeevan Sathi’

यो सावधिक प्रकारको जीवन बीमा हो । यस योजनामा पति÷पत्नी दुबैको एउटै बीमालेखबाट जीवन बीमा गरिन्छ। मुनाफामा सरिक भएर मात्र जीवन बीमा प्रस्ताव गर्न सकिनेछ ।यस योजनामा पति र पत्नी दुबैको बीमा हुने तर दुबैको आ÷आफ्नो विवरण प्रस्ताव फाराम र व्यक्तिगत स्वास्थ्य विवरण फाराममा समावेश हुनुपर्नेछ । पति र पत्नीमध्ये कम उमेर भएको प्रस्तावकको उमेरमा दुबैको फरक उमेरलाई तोकिएको अंक जोडी बीमाशुल्क गणना गरिने व्यवस्था रहेको छ ।यस योजनामा बीमालेखको अवधि समाप्त भएपछि पति र पत्नी दुबैले बीमांक र बोनस एकमुष्ट रकम संयुक्त रुपमा प्राप्त गर्नेछन् । यदि बीमा अवधि समाप्त हुनुअगावै एक बीमितको मृत्यु भएमा बीमांक बराबरको रकम मृत्यु दाबीवापत जीवित बीमितले प्राप्त गर्नेछ। त्यसपछि पनि सो बीमा कायमै रहनेछ तर बीमा शुल्क भुक्तानी गर्नुपर्ने छैन । अवधि समाप्त भएपछि पूरा बीमांक र बोनस एकमुष्ट रकम जीवित बीमितलाई भुक्तानी गरिन्छ । यदि बीमा अवधि समाप्त हुनु अगावै अर्को बीमितको पनि मृत्यु भएमा इच्छाएको व्यक्ति र इच्छाएको व्यक्ति नभए नजिकको हकवालालाई बीमांक रकम र आर्जित बोनस एकमुष्ठ भुक्तानी गरिन्छ ।

यस योजनामा एक बीमितको मृत्युपछि पनि बोनस रकम चालु बीमालेखसरह प्रदान गर्ने व्यवस्था रहेको छ । यस योजनाले पति-पत्नीको आपसी विश्वास, प्रेम र भरोसालाई आर्थिक आधारबाट पनि मजबुत पार्ने संस्थानको विश्वास रहेको छ । बीमालेखमा सरिक हुन पाउने न्यूनतम उमेर १८ वर्ष र अधिकतम उमेर ५० वर्ष, न्यूनतम बीमा अवधि १५ वर्ष र अधिकतम बीमा अवधि ३० वर्ष कायम गर्न सकिने यस योजनामा बीमालेख प्रारम्भ भएको २ वर्षपछि समर्पण मूल्य लिने वा कर्जा प्राप्त गर्न सकिने व्यवस्था रहेको छ । यस प्रकारको बीमामा सबै अवधिका लागि वार्षिक बोनसदर प्रतिहजार रु.६५।÷ प्रदान गरिएको छ ।

Whole Life Assurance

आजीवन जीवन बीमाको मुख्य उद्देश्य बीमा लिने व्यक्ति (बीमित) को जुनसुकै समयमा मृत्यु भए पनि आश्रितहरुले एकमुष्ट रकम पाउने व्यवस्था गर्नु हो । यस योजनाअन्तर्गत बीमितले तोकिएको अवधिसम्म निर्धारित समयमा बीमाशुल्क तिर्दै जानु पर्दछ । जुनसुकै समयमा पनि बीमितको मृत्यु भएमा एकमुष्ट रकम निजको आश्रितलाई दिईन्छ ।आजीवन जीवन बीमाशुल्क दर सावधिक जीवन बीमा योजनामा भन्दा केही कम हुन्छ ।

Anticipated Endowment Life Assurance
  • यो बीमा सावधिक प्रकारको जीवन बीमा योजना हो । यसमा किस्ताबन्दीमा अग्रिम भुक्तानीको व्यवस्था थप गरिएको छ । यो बीमा मुनाफामा सरिक हुने गरी मात्र प्रदान गरिन्छ।हालको महंगी र व्यावसायिक दृष्टिकोणलाई ध्यानमा राखी जनसाधारणको अभिरुची हेरी १५, २० र २५ वर्षे अवधिको लागि यस किसिमको बीमालेख जारी गरिन्छ ।१५ वर्षे बीमा गरेमा ५ वर्षमा बीमांकको २५ {bea11378f8e87058ef8c8038e60ab66446d356c4111585d4705e43ad5688cfde} , १० वर्षमा अर्को २५ {bea11378f8e87058ef8c8038e60ab66446d356c4111585d4705e43ad5688cfde} , १५ वर्षमा बाँकी ५०{bea11378f8e87058ef8c8038e60ab66446d356c4111585d4705e43ad5688cfde}र आर्जन गरेको बोनस सहित भुक्तानी दिईन्छ । २० वर्षे बीमामा १० वर्षमा २५ {bea11378f8e87058ef8c8038e60ab66446d356c4111585d4705e43ad5688cfde} , १५ वर्षमा अर्को २५ {bea11378f8e87058ef8c8038e60ab66446d356c4111585d4705e43ad5688cfde} र बीमा अवधि भुक्तानी अर्थात् २० वर्षमा बाँकी ५० {bea11378f8e87058ef8c8038e60ab66446d356c4111585d4705e43ad5688cfde}  र बोनससमेत भुक्तानी दिईन्छ । २५ वर्षे बीमामा, १० वर्षमा १०{bea11378f8e87058ef8c8038e60ab66446d356c4111585d4705e43ad5688cfde} , १५ वर्षमा १५{bea11378f8e87058ef8c8038e60ab66446d356c4111585d4705e43ad5688cfde} , २० वर्षमा २५{bea11378f8e87058ef8c8038e60ab66446d356c4111585d4705e43ad5688cfde} र बीमा अवधि भुक्तानी अर्थात् २५ वर्षमा बाँकी ५०{bea11378f8e87058ef8c8038e60ab66446d356c4111585d4705e43ad5688cfde}  र आर्जित बोनससहित एकमुष्ट रकम भुक्तानी दिईन्छ । कथंकदाचित बीमा अवधि समाप्त हुनुभन्दा अगावै बीमितको निधन भएमा परिवारलाई पहिले प्राप्त किस्ता कट्टि नगरी पूरा बीमांक तथा सो अवधिसम्मको आर्जित बोनस एकमुष्ट भुक्तानी दिइन्छ ।

हाम्रो जीबन बीमा योजना

योजनाको नामः हाम्रो जीवन बीमा योजना (दुर्घटना मृत्यू लाभ सहित) ।

योजनाको प्रकारः सामूहिक म्यादी जीवन बीमा ।

उद्देश्यः संघ संस्थाका कर्मचारी वा सदश्यहरुको जोखिम बहन गर्ने ।

न्यूनतम बीमाङ्कः रु.५०,०००।— प्रति कर्मचारी वा सदश्य ।

अधिकतम बीमाङ्कः संस्थानले समयसमयमा निर्धारण गरे बमोजिम ।

न्यूनतम प्रवेश उमेरः १६ वर्ष ।

अधिकतम प्रवेश उमेरः ६४ वर्ष ।

अधिकतम परिपक्वता उमेरः ६५ वर्ष ।

अवधिः १ वर्ष ।

न्यूनतम समूह सदश्यः कर्मचारीको समूह भए १० जना, अन्य समूह भए २५ जना ।

बीमाशुल्क भुक्तानीको तरिकाः वार्षिक ।

पोलिसीः प्रस्तावक रोजगारदाता÷संस्थाको नाममा माष्टर पोलिसी जारी गरिने ।

लाभः बीमा अवधि भित्र बीमितको मृत्यू भएमा माष्टर पोलिसी होल्डर अर्थात संस्थालाई बीमाङ्क भुक्तानी गरिने ।

अवधि भुक्तानी, सरेण्डर, ऋण सापटी सुविधा, चुक्ता मूल्य भुक्तानीः छैन ।

पूरक करारः अतिरिक्त शुल्क भुक्तानी गरी दुर्घटना मृत्यु लाभ राइडरको रुपमा लिन सकिने ।

बीमाशुल्कः कार्य प्रकृतिको आधारमा संस्थालाई ए, बी, सी र डी चार भागमा विभाजन गरी बीमाशुल्क तालिका निर्धारण गरिएको, सामूहिक अण्डरराइटिंगको अवधारणा अनुसार उक्त तालिका अनुसारको बीमाशुल्क कायम हुने ।

Term Life Assurance

निश्चित अवधिको लागि थोरै बीमाशुल्क तिरेर जोखिम बहन गर्नको लागि मात्र गरिने बीमालाई म्यादी जीवन बीमा भनिन्छ । यस किसिमको बीमामा जम्मा भएको बीमाशुल्क फिर्ता हुदैँन तर बीमितको मृत्यु भएमा बीमांक रकम निजको आश्रित परिवारलाई भुक्तानी गरिन्छ । व्यक्तिको मृत्युबाट हुने आर्थिक क्षति र साहुको कर्जाको सुरक्षाको लागि यस किसिमको बीमा गरिन्छ । यस प्रकारको बीमामा मुनाफामा सरिक नहुने गरी बीमालेख जारी गरिन्छ । यस प्रकारको बीमा वापत तिरिने बीमाशुल्क अन्य जीवन बीमा योजनामा जस्तो जम्मा हुँदैन र तोकिएको अवधिसम्म बीमित जीवितै रहेमा कुनै रकम भुक्तानी गरिदैँन । तोकिएको अवधिभित्रै बीमितको मृत्यु भएमा बीमाशुल्क तिर्नुपर्ने छैन र साहुलाई तिर्नुपर्ने रकम बीमालेखमा लेखिएबमोजिम संस्थानले तिरिदिने छ । कर्जावालाको सुरक्षण र छोटो अवधिको जीवन बीमा प्रयोजनको लागि यो बीमा महत्वपूर्ण रहेको छ ।

Join Newsletter

Sign up for newsletter, market updates,exclusive contents, events and more!

© 2025 Rastriya Jeewan Beema Company Limited. All Rights Reserved

Quick Links