Insurance Services

Endowment Life Plan

Helps you grow your savings while ensuring life cover. It's a smart way to invest in your future and protect your loved ones.

Helps you grow your savings while ensuring life cover. It's a smart way to invest in your future and protect your loved ones.

Jeevan Bandhu

Your lifelong partner in protection and peace of mind.Jeevan Bandhu secures what matters most — you and your loved ones.

Group Endowment Life Assurance

संगठित संस्थाहरुले आफ्ना कर्मचारीहरुको समूहगत रुपमा जीवन बीमा गराउन सक्दछन् । यसरी सबै स्थायी कर्मचारीहरुको सामूहिक जीवन बीमा संस्थाले गरिदिँदा कर्मचारीहरु संस्थाप्रति बढी प्रतिबद्ध हुन गई कार्य क्षमतामा सकारात्मक प्रभाव पर्न जाने हुँदा संस्थाको उत्पादकत्वमा समेत वृद्धि हुन जान्छ ।यसबाट संघ- संस्था वा उद्योगपति श्रमिक वा कर्मचारीहरु बीच सुमधुर सम्बन्ध कायम हुन गई संस्था प्रतिको विश्वास वृद्धि हुने र काम गर्ने वातावरण निर्माण हुन्छ। त्यसैले देशका ठूलाठूला संघ संस्थाहरुदेखि लिएर सानासाना कार्यालयहरुले समेत आफ्ना कर्मचारीहरुलाई सामूहिक सावधिक जीवन बीमा सुविधा उपलब्ध गराएका छन् । यस बीमा योजनामा बीमितका लागि लाग्ने बीमा शुल्कमा बीमा अवधिभर ५ प्रतिशत छुटको व्यवस्था गरिएको छ । व्यक्तिगत सावधिक जीवन बीमामा २ वर्षको बीमाशुल्क नतिरी समर्पण मूल्य प्राप्त हुदैँन तर सामूहिक जीवन बीमामा १ वर्षको बीमाशुल्क तिर्नासाथ समर्पण मूल्य उपलब्ध गराईन्छ।

Endowment Life Assurance

सावधिक जीवन बीमा नेपालको सन्दर्भमा अत्यन्त लोकप्रिय जीवन बीमा योजना हो ।यसका मूलभूत विशेषताहरु निम्नानुसार छन्÷

  • यो योजनामा प्रवेश गर्ने न्युनतम उमेरः १७ वर्ष ।
  • यो योजनामा समावेश हुने अन्तिम उमेरः ६० वर्ष ।
  • कम्तिमा ५ वर्षको अवधि राखेर बीमा गर्न सकिने ।
  • बढीमा आफ्नो उमेर ६५ वर्ष पुग्न जति वर्ष बाँकी छ त्यति नै अवधि बराबरको बीमा गर्न सकिने ।
  • बीमा गर्ने रकम (बीमांक) मा कुनै हदबन्दी नभएको । आफ्नो आयस्ता अनुसार अनुकुल हुने गरी जति रकमको पनि बीमा गर्न सकिने ।
  • इच्छाएको व्यक्तिमा एक वा एकभन्दा बढी व्यक्ति पनि इच्छाउन पाइने ।
  • बीमा लागू भएको दुई वर्षपछि समर्पण मूल्यको ९० प्रतिशतसम्म रकम बीमालेख धितो राखी कर्जा सुविधाको उपभोग गर्न पाइने ।
  • बीमालेख चालु रहुन्जेल यो सुविधा उपभोग गर्न पटक पटक पाइने ।
  • बीमा अवधि भूक्तान भएपछि बीमितले बीमांक रकम र आर्जित बोनस रकम एकमुष्ट रुपमा भुक्तानी पाउने ।
  • बीमालेख चालु छँदै बीमितको मृत्यु भएमा बीमितले इच्छाएको व्यक्तिले बीमांक र आर्जित बोनस रकम एकमुष्ट प्राप्त गर्नेछ ।
  • यस योजनामा थोरै थप बीमाशुल्क तिरेर दोहोरो दुर्घटना लाभ (Double Accidental Benefit) को फाइदा लिन सकिन्छ ।
  • यस योजनामा सबै अवधिका लागि वार्षिक बोनस दर प्रति हजार रु.६५।÷ प्रदान गरिँदै आएको छ ।
Children’s Marriage and Education Endowment Life Assurance

अभिभावक वा संरक्षकले आफ्नो बालबच्चाको विवाह वा शिक्षाको निमित्त तोकिएको अवधिमा एकमुष्ट रकम पाउने गरी गरिने बीमालाई बाल-बच्चाको विवाह तथा शिक्षा सावधिक जीवन बीमा भनिन्छ । यो बीमा अभिभावक वा संरक्षकले जुन बालबालिकाको हितमा बचत गर्न खोजेको हो सो बालबालिका इच्छाइएको व्यक्तिमा लेखाई आफ्नो जीवन बीमा गराउनु पर्दछ र अन्य जीवन बीमा योजनाको जस्तै तोकिएको समय समयमा बीमाशुल्क तिर्दै जानु पर्दछ । निर्धारित अवधि अगावै बीमितको मृत्यु भएमा बीमाशुल्क तिर्नुपर्दैन । तर बीमालेखमा लेखिएको बीमांक र बोनसको भुक्तानी निर्धारित गरिएको अवधि समाप्त भएपछि मात्र गरिन्छ।यदि जुन बच्चाको नाममा बीमा गरिएको छ उसको बीमा समाप्त हुनु अगावै मृत्यु भएमा उसको नाममा रहेको बीमा अर्को बालबच्चाको नाममा नामसारी गर्ने वा समर्पण मूल्य लिने वा बीमा संचालन गरिरहने हक अभिभावक वा संरक्षकमा हुन्छ । यस बीमा योजनामा तुलनात्मक रुपमा सावधिक जीवन बीमामा भन्दा कम बीमाशुल्क लाग्छ । यस योजनामा पनि सबै अवधिका लागि वार्षिक बोनस दर प्रतिहजार रु.६५।÷प्रदान गरिदैँ आएको छ ।

Jeevan Surakshya

जीवन सुरक्षाका मूलभूत विशेषताहरुः

  • न्यूनतम प्रवेश उमेर ११ र अधिकतम प्रवेश उमेर ६५ वर्ष तथा जीवन बीमाको न्यूनतम अवधि ५ वर्ष र अधिकतम अवधि ५९ वर्षसम्मको हुनेछ भने अधिकतम अवधि भुक्तानी उमेर ७० वर्ष हुनेछ ।
  • न्यूनतम बीमांक रु.१,००,०००।÷(अक्षेरुपि रु. एक लाख) तथा आयश्रोत र स्वास्थ्य परीक्षणको आधारमा अधिकतम बीमांक रकम कायम गर्न सकिनेछ।
  • दोहोरो दुर्घटना लाभ(ADB) पूरक करारका रुपमा रहनेछ ।दोहोरो दुर्घटना लाभ (ADB) अधिकतम रु.५०,००,०००।÷सम्म लिन सकिनेछ ।
  • बीमांक रु.२,००,०००।÷ सम्मको बीमा गर्दा बीमाशुल्कमा कुनै छुट नभएको, बीमांक रु.२,००,००१।÷देखि ५,००,०००।÷ सम्मको बीमा गर्दा बीमाशुल्कमा रु.१।÷ प्रतिहजार तथा बीमांक रु.५,००,००१।÷ भन्दा बढीको बीमा गर्दा बीमाशुल्कमा रु.२।÷ प्रतिहजार छुट व्यवस्था कायम गरिएको छ ।
  • वार्षिक र अर्धवार्षिक रुपमा बीमाशुल्क भुक्तानी गर्न सकिनेछ । यस्तो बीमाशुल्क भुक्तानीमा विशेष छुटसमेत कायम गरिएको छ, जसअन्तर्गत वार्षिक भुक्तानीमा २ प्रतिशत र अर्धवार्षिकमा १ प्रतिशत छुट हुनेछ ।
  • १६ वर्षभन्दा मुनिको बीमितको प्रस्तावक निजको बाबु/आमा हुनुपर्नेछ । यस अवधिमा बीमाशुल्क भुक्तानी गर्ने दायित्व प्रस्तावकको हुनेछ ।
  • बीमालेख प्रारम्भ भएको ३ वर्षपछि बीमितले चाहेमा समर्पण मूल्यको ९० प्रतिशतसम्म रकम बीमालेख धितोराखी कर्जा लिन सक्नेछ । कर्जाको व्याजदर संस्थानको प्रचलन अनुसार कायम हुनेछ ।
  • बीमालेख संस्थानबाट प्रारम्भ भएपछि हुने पहिलो बीमांकीय मूल्यांकनबाट निश्चित भएबमोजिमको बोनस प्रदान गरिनेछ । तर जोखिम ग्रहण भैसकेपछि पहिलो बीमांकीय मूल्यांकन हुनुभन्दा अगावै बीमितको मृत्यु भएको अवस्थामा मात्र संस्थानको प्रचलित बोनस प्रतिहजार रु.६५।÷ को दरले विशेष बोनस प्रदान गरिनेछ ।
Joint Life Plan ‘Jeevan Sathi’

यो सावधिक प्रकारको जीवन बीमा हो । यस योजनामा पति÷पत्नी दुबैको एउटै बीमालेखबाट जीवन बीमा गरिन्छ। मुनाफामा सरिक भएर मात्र जीवन बीमा प्रस्ताव गर्न सकिनेछ ।यस योजनामा पति र पत्नी दुबैको बीमा हुने तर दुबैको आ÷आफ्नो विवरण प्रस्ताव फाराम र व्यक्तिगत स्वास्थ्य विवरण फाराममा समावेश हुनुपर्नेछ । पति र पत्नीमध्ये कम उमेर भएको प्रस्तावकको उमेरमा दुबैको फरक उमेरलाई तोकिएको अंक जोडी बीमाशुल्क गणना गरिने व्यवस्था रहेको छ ।यस योजनामा बीमालेखको अवधि समाप्त भएपछि पति र पत्नी दुबैले बीमांक र बोनस एकमुष्ट रकम संयुक्त रुपमा प्राप्त गर्नेछन् । यदि बीमा अवधि समाप्त हुनुअगावै एक बीमितको मृत्यु भएमा बीमांक बराबरको रकम मृत्यु दाबीवापत जीवित बीमितले प्राप्त गर्नेछ। त्यसपछि पनि सो बीमा कायमै रहनेछ तर बीमा शुल्क भुक्तानी गर्नुपर्ने छैन । अवधि समाप्त भएपछि पूरा बीमांक र बोनस एकमुष्ट रकम जीवित बीमितलाई भुक्तानी गरिन्छ । यदि बीमा अवधि समाप्त हुनु अगावै अर्को बीमितको पनि मृत्यु भएमा इच्छाएको व्यक्ति र इच्छाएको व्यक्ति नभए नजिकको हकवालालाई बीमांक रकम र आर्जित बोनस एकमुष्ठ भुक्तानी गरिन्छ ।

यस योजनामा एक बीमितको मृत्युपछि पनि बोनस रकम चालु बीमालेखसरह प्रदान गर्ने व्यवस्था रहेको छ । यस योजनाले पति-पत्नीको आपसी विश्वास, प्रेम र भरोसालाई आर्थिक आधारबाट पनि मजबुत पार्ने संस्थानको विश्वास रहेको छ । बीमालेखमा सरिक हुन पाउने न्यूनतम उमेर १८ वर्ष र अधिकतम उमेर ५० वर्ष, न्यूनतम बीमा अवधि १५ वर्ष र अधिकतम बीमा अवधि ३० वर्ष कायम गर्न सकिने यस योजनामा बीमालेख प्रारम्भ भएको २ वर्षपछि समर्पण मूल्य लिने वा कर्जा प्राप्त गर्न सकिने व्यवस्था रहेको छ । यस प्रकारको बीमामा सबै अवधिका लागि वार्षिक बोनसदर प्रतिहजार रु.६५।÷ प्रदान गरिएको छ ।

Popular Services
Join Newsletter

Sign up for newsletter, market updates,exclusive contents, events and more!

© 2025 Rastriya Jeewan Beema Company Limited. All Rights Reserved

Quick Links